सिन्धुपाल्चोकको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा आगामी माघ १ देखि ५ गतेसम्म राष्ट्रिय पुरुष तथा महिला ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सातवटै प्रदेश र थप तीन टोली गरी १० टोलीको सहभागि हुने संयोजक एवं सुकुटे बिचका सञ्चालक महेन्द्र सिंह थापाले जानकारी दिए ।

विजेता टोलीहरूले विश्व ‘बिच’ भलिबल प्रतियोगितामा समेत नेपालको प्रतिनिधित्व गर्ने छन् । आन्तरिक र बाह्य पर्यटकका लागि चर्चित गन्तव्यको रूपमा प्रख्यात सुकुटे भोटेकोशी नदी किनारमा अवस्थित छ । ¥याफ्टिङका लागि चर्चित सुकुटे नेपालको पहिलो ‘बिच’ अवधारणाबाट अघि बढेका हो ।

यस क्षेत्रमा आयोजना हुने यस प्रतियोगिता ऐतिहासिक हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि स्थानीय सरकार, बागमती प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालय लगायत सबै सम्बन्धित निकायसँग समन्वय गरिएको संयोजक थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *