नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आबद्ध अभान्ट ग्वेन्ग्याम्पले फ्रान्सेली प्रिमियर लिगमा फराकिलो हार बेहोरेको छ ।
बर्नार्ड ग्यासेट स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोली मोन्टपेलियरसँग ग्वेन्ग्याम्प ७-० ले पराजित भएको हो ।
लिगमा ग्वेन्ग्याम्पको यो पाँचौं हार हो । ६ खेल खेलेको ग्वेन्ग्याम्प तीन अंकसहित १० औं स्थानमा छ ।
समान खेल खेलेको मोन्टपेलियर भने १० अंकसहित छैटौं स्थानमा उक्लिएको छ। सावित्रा भने ७०औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी थिइन् ।
