साउदी प्रो लिगमा अल हिलाल र अल नासर बराबरीमा रोकिएका छन् । शनिबार राती अल-अवल पार्कमा भएको खेलमा अल हिलाल र अल नासरले १-१ गोलको बराबरी खेलेका हुन् ।

खेलमा सुरुवाती अग्रता भने अल नासरले लिएको थियो । खेलको पहिलो मिनेटमै तालिस्काले गोल गर्दै अल नासरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफ सम्म १-० को अग्रता लिएको अल नासरले उक्त अग्रता ७७औं मिनेट सम्म मात्र जोगाउन सक्यो । अल हिलालकालागि सार्जेज मिलिन्कोभिकले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

बराबरीसँगै अल हिलाल ९ खेलबाट २५ अंक सहित लिगको शिर्ष स्थानमा छ । समान खेल खेलेको अल नासर १९ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *