हङकङमा जारी द हङकङ सिक्सेज क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ ।

शनिबार भएको क्वार्टरफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरमा ६ विकेट गुमाएर ८३ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रनकाे अर्धशतकीय पारि खेले पनि नेपालको जितको लागि प्रयाप्त भएन । नारायण जोसीले १३ तथा कप्तान सन्दीप जोराले ६ रन मात्रै बनाउन सके ।

श्रीलंकाका लागि थरिन्दु रत्नानायके र लाहिरु समराखोनले समान दुई तथा धनन्जय लक्शन र कप्तान लिहुरु मदुसन्काले समान एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा १२३ रन बनाएको थियो ।श्रीलंकाका लागि सन्दन वीरक्कोडीले ५० रन बनाए भने भने लिहुरु मधुशंकाले ३१ रनको योग्दान गरे । 

नेपालका प्रतिश जिसी र नारायण जोशीले एक-एक विकेट लिए ।

समुह चरणमा इङ्ल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको नेपालले समुह विजेता हुँदै क्वाटरफाइनलमा पुगेको थियो । यस खेलमा पराजित नेपालले प्लेट सेमिफाइनलमा बंगलादेश र युएईसँग पराजित हुने टोलीसँग भोलि बिहन खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *