अमेरिकामा जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र अमेरिका भिड्दैछन् ।

डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुनेछ ।

जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने अमेरिकाले ३ खेलमा २ हार र एक जित हासिल गरेको छ ।

अमेरिकाले यस सिरिजमा नेपाललाई पराजित गरेको थियो भने स्कटल्याण्डविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो । त्यस्तै अमेरिकाविरुद्ध हार बेहोरेको नेपालले स्कटल्याण्डलाई पराजित गरेको थियो ।

लिग-२ मा अहिलेसम्म अमेरिका ११ खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने नेपाल १० खेलमा ५ अंकसहित सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *