स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति लेगानेसको घरेलु मैदानमा भएको खेलमा लेगानेसमाथि ३-१ को जित निकालेको हो । रियललाई जित दिलाउन किलियन एमबाप्पे, फेडेरिको भाल्भर्डे र जुड वेलिंघमले एक/एक गोल गरे ।

एमबाप्पेले ४३ औं मिनेटमा गोल गर्दा रियलले पहिलो हाफमा १-० को अग्रता बनायो। रियलमा यो उनको सातौं गोल हो ।भाल्भार्डेले ६६ औं र बेलिङघमले ८५ औं मिनेटमा गोल गरेपछि रियलले सहज जित निकाल्यो ।

जितपछि रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी ४ अंक भएको छ। शनिवार बार्सिलोना बराबरीमा रोकिएको थियो ।रियलको १३ खेलबाट उसको ३० अंक छ । १४ खेल खेलेको बार्सिलोना ३४ अंकसहित शीर्ष स्थानमा रह्यो । १४ खेलबाटै लेगानेस १४ औं स्थानमा रहेको छ ।

आइतबारका अन्य खेलमा सेभियाले रायो भाल्कानोलाई १-० ले पराजित गर्यो। ओसासुना र भिल्लारियलले २–२ को बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *