पाकिस्तानमा जारी नेत्रहीन टि-२० विश्वकपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सन् २०१२ देखि विश्व कपमा सहभागि हुँदै आएकोमा पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो ।

६ देश सहभागी विश्व कप अन्तर्गत आज भएको खेलमा दक्षिण अफ्रिका, बंगलादेशसँगै पराजित भएपछि नेपाल चौथो स्थानमा रहँदै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले ६ खेलबाट ६ अंक नै बनाएको छ ।

लिग चरणमा पाकिस्तान र श्रीलंकासँग पराजित नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई हराएको थियो । नेपालसँग पराजित दक्षिण अफ्रिका र अफगानिस्तानलाई हराएको थियो ।

नेपालले भोलि हुने पहिलो सेमिफाइनलमा लिग चरणमा शिर्ष स्थानमा रहेको घरेलु टोली पाकिस्तानको सामना गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रंगशालामा हुनेछ ।

नेपाल र पाकिस्तानबीचको खेल भोलि विहान पौने ११ बजे सुरु हुनेछ । भोलि नै हुने दोस्रो सेमिफाइनलमा बंगलादेशले श्रीलंकासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *