पाकिस्तानमा शनिबारदेखि सुरू भएको टि-२० नेत्रहीन विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १२५ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । श्रीलंकाका दमिथ सन्दरुवानले ६६ बलमा अविजित १०० रन बनाए ।

नेपालका सुनिल रानामगरले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *