सिंगापुरमा जारी एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालका रेहान जाभेद र प्रोसिया चौधरीले पहिलो कांस्य पदक दिलाएका छन् ।

च्याम्पियनसिपमा शुक्रबार रेहान जाभेदले १४-१५ वर्ष उमेर समूहमा नेपालका लागि कास्य पदक जितेका हुन् ।

प्रिक्वार्टफाइनलमा युएईका सुदन एनके र क्वार्टरफाइनलमा श्रीलंकाका यास जेतीलाई हराएका रेहान सेमिफाइनलमा जापानका कान्ता फुकीसँग पराजित भए ।

प्रोसियाले महिला १६-१७ बर्षको समूह कास्य पदक जितेकी हुन् । श्रीलंकाकी खेलाडीलाई हराएर अघि बढेकी प्रोसिया काजकिस्तानकी खेलाडीसँग पराजित भइन् ।

२८ देशको सहभागिता रहेको प्रतियोगितामा भोलि सम्पुर्ण सोनियर समुहको खेलहरु हुने छन् ।च्याम्पियनसिपमा १२ नेपाली खेलाडीले भाग लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *