सिंगापुरमा सन्चालन भएको १६ औ एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ ।

नेपालको लागि सिनियर महिला तर्फ ६८ किलो तौल भन्दा माथि समुहमा १९ औ एशियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङ्गले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरि महिला तर्फकै – ५० किलो तौल समुहमा अन्जली महर्जनले नेपाललाई स्वर्ण पदक दिलाइन् ।

एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्वुले महिला तर्फको टिमकाता र निरुपा दोङ तामाङ्गले सिनियर महिलाको-५५ किलो तौल समुहमा रजत पदक दिलाउन सफल भईन ।

त्यसैगरि सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर, महिला जुनियर तर्फ-४५ किलो तौल समुहमा पोरसिया चौधरी, महिलाकै – ६८ किलो तौल समुहमा आशिका राई, पुरुष तर्फको १६ बर्ष मुनि एकल कातामा रेहान जावेद र सिनियर पुरुष तर्फ – ८४ किलो तौल समुहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाए ।

नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग हेड अफ डेलिगेटस विशेष नेतृत्व र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको समग्र नेतृत्वमा नेपाली १२ खेलाडी, टिम म्यानेजर, रेफ्री, अफिशियल गरि कुल ३० जना एशियन प्यासिफिक सितोरियो करातेमा सहभागी भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ‘ईश्वर’ले जानकारी गराए ।

यसैगरि आईतबार एशियन प्यासिफिक सितोरियो करातेको बिशेष अधिवेशन (कङग्रेश) मा नेपालको तर्नेफवाट नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग र सितोरियो करातेका संरक्षक समेत रहेका नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले सहभागी जनाउने छन् । नेपाली कराते टोली सोमबार स्वदेश फर्कनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *