घरेलु टोली वेस्ट इण्डिज तथा इङ्ग्ल्याण्डबीचको पाँचौ टि ट्वान्टी आई बर्षाका कारण रद्द भएको छ ।
सोमवार बिहान हुनुपर्ने खेल बर्षाका कारण हुन नसकेको हो । अन्तिम खेल रद्द भएसँगै इङ्ग्ल्याण्डले ५ खेलको टि ट्वान्टी आई सिरिज ३-१ ले जित्यो ।
वेस्ट इण्डिजको ड्यारेन सामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५ ओभरमा ४४ रन बनाएको स्थितिमा भारी वर्षाका कारण खेल रोकिएको थियो ।
टोलीका लागि इभेन लुइस २० बलमा ३ चौका र २ छक्काको साथमा नट आउट २९ रन बनाउँदै क्रिजमा थिए । १० बलमा १४ रन बनाएर शाई होप उनको साथमा थिए ।
