पाकिस्तानमा जारी नेत्रहिन टी२० विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपालले हार व्यहोरेको छ । नेपाल आयोजक राष्ट्र पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले ६.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानका नइमत उल्लाहले सर्वाधिक ७३ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको थियो । नेपालका लागि ओपनर भरत थापाले सर्वाधिक ३९ रन बनाएका थिए ।
पहिलो खेलमा नेपाल श्रीलंका र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । तेस्रो खेलमा नेपालले अफगानिस्तान र चौथो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । यस खेलमा पराजित भए पनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कायमै छ ।
६ देशको सहभागीता रहेको विश्व कपमा शीर्ष ४ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । २ सेमिफाइनलका विजेताबीच डिसेम्बर ३ मा फाइनल खेल रहेको छ ।
