भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीसीआई) का पूर्वउपाध्यक्ष एवम् इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक ललित मोदी अहिले चर्चामा छन् । उनी आफ्नो बिबादास्पद बयानका कारण चर्चामा आएका हुन् ।
ललित मोदीले आईपीएल क्लब चेन्नई सुपर किङ्सका मालिक एन. श्रीनिवासनमाथि गम्भीर आरोप लगाएका छन् । मोदीले श्रीनिवासनमाथि खेल मिलेमतो (फिक्सिङ) मा सक्रिय रहने गरेको आरोप लगाएका हुन् ।
लामो समयदेखि ललित मोदी र श्रीनिवासनबिचको सम्बन्ध पनि अप्रिय रहँदै आएको छ । मोदीले आफ्नो एक अन्तरवार्ताका क्रममा चेन्नई सुपर किङ्सका मालिक श्रीनिवासन अम्पायर फिक्सिङमा सक्रिय रहने गरेको आरोप लगाएका हुन् ।
मोदीले आईपीएलका क्रममा श्रीनिवासनल आफू अनुकुलको अम्पायर राख्न चलखेल गर्ने गरेको आरोप लगाए । ‘उहाँ आफू अनुकुलको अम्पायर परिवर्तन गर्न खप्पिस हुनुहुन्छ । त्यसपछि उहाँ अम्पायरलाई विशेष जिम्मेबारी पनि दिनु हुन्छ,’ मोदीले भनेका छन् ।
सन् २००९ को आईपीएलको अक्सनमा एन्ड्रयू फ्लिन्टफलाई खरिद गर्न पनि श्रीनिवासनले फिक्सिङ गरेको आरोप मोदीले लगाएका छन् ।
