इटालियन सिरी ए फुटबलमा युभेन्टसले अपराजित यात्रा जारी राखेको छ । गएराति भएको खेलमा युभेन्टसले पाहुना टोली युडिनेसमाथि २–० को जित निकालेको हो ।
युभेन्टसका लागि निकोल सभोनाले गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । खेलको १९औं मिनेटमा मडुका ओकेयीबाट आत्मघाती गोल हुन पुग्दा युभेन्टसले अग्रता लिएको थियो । ३७औं मिनेटमा साभोनाले टोलीको अग्रता दोब्बर बनाए ।
युभेन्टसले यो सिजनमा ११ मध्ये ५ खेलमा जीत र ६ खेलमा बराबरीको नतिजा निकाल्दै २१ अंक सहित तेस्रो स्थानमा पुगेको छ ।
गएराति नै भएको अर्को खेलमा एसी मिलानले मोन्जा तथा बोलोग्नाले लिसविरुद्ध समान १-० को जित निकाल्न सफल भए । एसी मिलानको १० खेलबाट १७ अंक सहित लिगको ७औं स्थानमा रहेको छ ।
