फ्रेन्स लिग वान फुटबलमा १० खेलाडीमा सिमित आरसी लेन्समाथि घरेलु टोली पेरिस सेन्ट जर्मन (पिएसजी) ले कठिन जीत निकालेको छ ।
शनिबार राती भएको खेलमा पिएसजीले लेनसलाई १-० गोलले पराजित गरेको हो । पिएसजीको जितमा उसमान डेम्बेलेले गरेको गोल निर्णयक बन्यो। उनले खेलको चौथौ मिनेटमै गोल गरेका थिए।
त्यसपछि खेलको ५९औं मिनेटमा लेन्स १० खेलाडीमा समेटिएको थियो। लेनसको अब्दुकोदिर खुसानोभले रातो कार्ड ब्यहोरेका थिए।
जितसँगै जारी लिगमा १० खेलबाट २६ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ भने पराजित लेन्स समान खेलबाट १४ अंकसहित आठौँ स्थानमा छ।
