इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले सातौं चरणमा शानदार जित निकाल्न सफल भएको छ ।

शनिबार साँझ भएको खेलमा टोटनह्यामले आफ्नो घरेलु मैदानमा वेस्ट ह्यामलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा शुरुवाती अग्रता पाहुना टोली वेस्ट ह्यामले बनाएपनि टोटनह्याम खेलमा पुनरागमन गर्दै सहज जित हासिल गर्न सफल भयो ।

वेस्ट ह्यामका लागि १८औं मिनेटमा मोहमद कुडुसले गोल गरेका थिए । टोटनह्यामका लागि ३६औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गरेर खेल बराबरी बनाए ।

दोस्रो गोल ५२औं मिनेटमा बिसाओउमाले गरेर टिमलाई अग्रता दिलाए । त्यसको ३ मिनेटमै वेस्ट ह्यामले आफ्नै पोस्टमा गोल गरेपछि टोटनह्यामले उपहार गोल पायो ।

६० औं मिनेटमा कप्तान सन ह्युङ मिनले गोल गरेर टाटनह्यामको ४-१ को जित पक्का गरे । वेस्ट ह्याम ८६औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो ।

जितसँगै टोटनह्याम ८ खेलबाट १३ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम ८ अंकका साथ १४ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *