मोरङको ग्रामथानमा जारी प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा विराटनगरको विराट युनाइटेड पुगेको छ ।

ग्रामथान गाउँपालिका-७ गणेश माविको खेल मैदानमा आज भएको खेलमा विराटनगरले इटहरीको राईजिङ भेट्रान क्लबलाई टाइब्रेकरमा ५-४ को गोलअन्तरमा पराजित गर्दै उपाधि नजिक पुगेको छ ।

खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो ।

विराटनगरका लागि महेन्द्र खवास, निराजन बस्नेत, गोविन्दबहादुर खड्का, पिताम्बर भट्टराई र पुष्पराज काफ्ले गोल गर्दै टोलीलाई फाइनलमा पुर्याए ।

प्लेयर अफ द म्याच विराटका गोलरक्षक क्षत्रमान कार्कीले नगद १ हजार प्राप्त गरे ।

आइतबारको दोस्रो सेमिफाइनल खेल विराटनगरको रंगशाला भेट्रान र सुन्दरहरैंचाको विराटचोक भेट्रानबीच हुने नेता चोक टाईगर क्लबका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *