विराटनगर । मोरङको ग्रामथानमा जारी प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा इटहरीको राइजिङ भेट्रान क्लब पुगेको छ।

नेता चोक टाईगर क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा इटहरीले प्रकाशपुरको ढल्केजोवन भेट्रान क्लबलाई टाइब्रेकरमा ४-३ गोल फरकमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको निर्धारित समयमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलको प्लेयर अफ द म्याच राइजिङ भेट्रानका गोलरक्षक राजकुमार विश्वकर्माले नगद १ हजार प्राप्त गरे ।

शुक्रबारको खेल सुन्दरहरैंचा भेट्रान र बेलबारीको बोराबान भेट्रान क्लबबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *