बेलबारी | आयोजक एलएक्ससिटी फुटबल क्लब बेलबारीमा जारी सातौं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ ।

शनिबार भएको प्रतियोगिताको दोस्रो दिनको खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लबसँग ३–२ गोल अन्तरले पराजित हुँदै आयोजक एलएक्ससिटी फुटबल क्लब क्वाटर फाइनल खेलबाटै बाहिरिएको हो ।

सुशील राईको गोलबाट १४ औं मिनेटमा गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । चित्लाङकालागि सनम धिमालले ४७ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरी अवस्थामा पुर्‍याए । खेलको ६२ औं मिनेटमा चित्लाङका कार्लोसले वान भर्सेस वानमा सुन्दर गोल गरे ।

एक गोलले पछि परेको आयोजक ७४ औं मिनेटमा खेलमा फर्कियो । आयोजकका प्रदीप लामाले बललाई जालीको दिशा दिए । आयोजक एलएक्ससिटीले २–२ गोलको बराबरीलाई २ मिनेट पनि टिकाउन सकेन । ७६ औं मिनेटमा चित्लाङका विदेशी खेलाडी हेनरीले निर्णायक गोल गरे ।

खेलको म्यान अफ द म्याच चित्लाङ फुटबल क्लबका कार्लोस घोषित भए । उनले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।

आइतबारको पहिलो क्वाटर फाइनल खेल झापा – ११ र भोजपुर फुटबल क्लब, भोजपुर बिच खेल हुनेछ ।प्रतियोगिताका विजेताले उपाधि सहित ८ लाख नगद तथा उप विजेताले ५ लाख नगद, ट्रफि सहित प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *