अर्जेन्टिनी कप्तान लियोनल मेसीले पाँच दिनको अवधिमा दोस्रो ह्याट्रिक पूरा गरेका छन् ।

आइतबार बिहान अमेरिकी मेजर लिग सकरमा इन्टर मियामीले न्यु इङ्ल्यान्डविरुद्ध ६-२ को पुनरागमन जितमा मेसीले ह्याट्रीक गरे ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका ३७ वर्षीय मेसीले ३३ मिनेट मात्रै खेले । ११ मिनेटको अन्तरमा ३ गोल गर्न सफल भएका हुन् । यो सँगै मेसीले यो सिजनको १९ खेलमा २० गोल गरेका छन् । जसमा १० असिष्ट छ ।

यसअघि बुधबार बिहान बोलिभियाविरुद्ध ६-० को जित निकाल्दा मेसीले तीन गोलसँगै दुई असिष्ट गरेका थिए ।

आइतबार बिहान घरेलु मैदानमा मेसीले ह्याट्रिक गर्दा लुइस स्वारेजले दुई तथा बेन्जामिन क्रामास्चीले एक गोल गरेका थिए । यसअघि खेलको ३४औं मिनेटसम्म इन्टर मियामी २-० ले पछि थियो ।

मेसी ५८औं मिनेटमा मैदान प्रवेश गरेपछि इन्टर मियामीले दबाब बनाएको थियो ।

यो जितपछि इन्टर मियामी ३४ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमा छ । इन्टर मियामी एकै सिजनमा ७४ अंक जोड्ने पहिलो टिम बनेको छ ।

यता, इन्टर मियामीले यसवर्ष हुने फिफा क्लब विश्वकपमा सहभागिता जनाउने पक्का भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *