वलर्ड एक्वेटिक्स च्याम्पियनसिपका खेलाडी छनौट प्रतियोगितामा शनिबार दुई राष्ट्रिय किर्तिमान कायम भएको छ ।
नेपाल पौडी संघले सातदोबाटो स्थित हिटिङ पौडी पोखरीमा आयोजना गरेको प्रतियोगितामा शनिबार अथर्व सिंह र तेन्जिङरायन नाम्डोल गुरुङले नयाँ कीर्तिमान आफ्नो नाममा लेखाए ।
अथर्भ सिंहले ४०० मिटर फ्रिस्टाइलमा दूरी ४ मिनेट १६.०८ सेकेन्डमा पार गर्दै नयाँ रेकर्ड बनाए । उनले सन् २०१९ को दक्षिण एसियाली खेलकु (साग) मा नासिर हुसेनले बनाएको ४ मिनेट ३३ः०५ को कीर्तिमान भंग गरे ।
तेन्जिङले १०० मिटर फ्रिस्टायलमा शैलेन्द्रसम्सेर जंगबहादुर राणाको नाममा रहेको कीर्तिमान तोड्दै १ मिनेट ०३ः १९ सेकेन्डको नयाँ कीर्तिमान बनाए । शैलेन्द्रले सन् २०१० मा सप्पन्न १०औं फिना वर्ल्ड कपमा १ मिनेट ०९ः२० सेकेन्डको कीर्तिमान कायम गरेका थिए ।
पौडी संघले उक्त प्रतियोगिताबाट पुरुषतर्फ अजलकाजी ताम्राकार र अर्थभ सिंह तथा महिलामा दुवाना लामा र अनुसिया तन्डुकारलाई छनौट गरेको छ ।
अक्वा टाइमको आधारमा खेलाडी छनौट गरिएको छनौट समितिका सदस्य बिजेनमान श्रेष्ठले जनाएका छन् । वलर्ड एक्वेटिक्स हङ्गेरिको बुडापेस्टमा डिसेम्बर १० देखि १५ तारिखसम्म हुनेछ ।
