नेपाल र स्कटल्याण्डबिचको खेल आज

२०८१, १३ कार्तिक मंगलवार ०७:०२

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा खेल आज राति सवा नौं बजे सुरु हुनेछ । आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटले पराजित भएको छ ।

लिग २ मा ९ खेल खेल्दा केवल १ जित सहित ३ अंक जोडेको नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । अमेरिका १० खेलमा १४ अंक सहित दोस्रो स्थानमा छ । स्कटल्याण्ड ८ खेलबाट ११ अंकका साथ चौथो स्थ रहेको छ ।

लिग-२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स यूएई सम्मिलित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *