नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० च्याम्पियनसिपमा बिहीबार किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको छ ।
श्रीलंकाको कोलम्बोमा सुरुआती दुई सेट २३-२५, २१-२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट २५-२१, २५-२२ ले आफ्नो पक्षमा पारेको थियो ।
पाँचौं तथा निर्णायक सेटमा भने नेपाल १७-१९ ले पछि पर्यो ।

नेपालले चार खेलमा सात अंक जोडेको छ । यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३-१ सेटको हार ब्यहोरेको थियो ।
अब नेपालले लिग चरणको अन्तिम खेलमा शुक्रबार तुर्कमेनिस्ताको सामना गर्नेछ ।
