नेपाल श्रीलंकामा जारी काभा पुरुष यु-२० भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

आज लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानविरुद्ध ३-० को सोझो सेटको जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो ।

श्रीलंकाको कोलम्बोमा नेपालले खेल २५-१४, २५-२१, २५-२० ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै पाँच खेलबाट १० अंक जोड्न सफल भयो । यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ सेटको हार ब्यहोरेको थियो ।

उपाधिका लागि नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेल शनिबार हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *