काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित प्राप्त गरेको छ ।

श्रीलंकाको कोलम्बोमा मंगलबार सम्पन्न खेल नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो । नेपालले २५-५, २५-१२, २५-२० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

जितसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ । यसअघि श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३-१ सेटको हार ब्यहोरेको थियो ।

अब नेपालले बिहीबार किर्गिस्तानको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *