बेलबारी | चित्लाङ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ  । 

बेलबारी स्थित लक्ष्मीमार्ग खेल मैदानमा सोमबार भएको खेलमा चित्लाङले धनकुटाको राजारानी फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

तीन जना राष्ट्रिय खेलाडी सहित मैदान उत्रीएको राजारानीको अफ्रीकन खेलाडिको प्रभुत्व रहेको चित्लाङ बिरुद्ध कुनै जादु चल्न सकेन ।

अनन्त तामाङ, सनिश श्रेष्ठ र रोहन कार्की सहित अधिकांश ‘ए’ डिभिजन लिगका खेलाडी उतारेको राजारानी पहिलो हाफमै २-० गोलले पछि पर्‍यो । चित्लाङका लागी तीन वटै गोल अफ्रीकन खेलाडिले गरे भने राजारानीका तर्फबाट अनन्त तामाङले सान्त्वना गोल फर्काए ।

पहिलो गोल अफ्रीकन खेलाडी हेनरीका नाममा रह्यो । उनले खेलको १६औं मिनेटमा गोल गरे । दोश्रो र तेश्रो गोल रोबर्टले गरे । रोबर्टले खेलको ३३औं र ५६औं मिनेटमा गोल गरे । अनन्तले ६१ औं मिनेटमा जवाफि गोल फर्काए पनि जितका लागी प्रयाप्त भएन ।

चित्लाङका दुई गोलकर्ता रोबर्ट म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरे ।

मंगलबार डिफेन्डिङ च्याम्पियन व्रिगेड ब्वाइज क्लब, काठमाडौ र बुटवल लुम्बिनी फुटबल क्लबबीच खेल हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *