अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यु–१७ एसियनकप छनोटका लागि कतार जाने नेपाली टोलीको बिदाई गरेको छ ।
एन्फाद्वारा शुक्रबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय यू-१७ फुटबल टोलीलाई विदाइ गरेको हो ।
छनोट खेलमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा जापान, कतार र मंगोलिया रहेका छन् । यो समूहको खेल अक्टोबर २३ देखि २७ सम्म तारिखसम्म हुनेछ । नेपाली अक्टोबर २३ मा जापानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यसैगरी नेपालले अक्टोबर २५ मा घरेलु टोली कतारसँग खेल्नेछ र समूह चरणको अन्तिम खेल अक्टोबर २७ मा मंगोलियाको सामना गर्नेछ ।
नेपाली टोली:
पेम्बा नुर्बु भोटे, रामबहादुर बोहरा, विशेष बानियाँ, प्रशान्त मोक्तान, सुजलमान घले, निशान राजलावोत, भुवन कामी, एकराज विश्वकर्मा, जोन विष्ट, सबिनया कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बाम, अलिक श्रेष्ठ, सविनकुमार लुङ्गेली मगर, रोहित श्रेष्ठ, सन्तोष गोवा, रञ्जित लामा, तेन्जिङ शेर्पा, दिग्विजय शाही
