नाइजेरियाको फुटबल टोलीले अफ्रिका कप अफ नेसन्सको क्वालिफायरअन्तर्गत लिबियाविरुद्धको खेल बहिस्कार गरेर स्वदेश फर्किएको छ ।

नाइजेरिया सोमबार घर फर्किएको हो । दुई देश बिचको खेल आज बेनगाजी सहरमा खेलिने तालिका थियो । तर नाइजेरियाले खेल स्थलबाट टाढाको विमानस्थलमा घण्टौँसम्म आफूहरुलाई बेवास्ता गरेर छाडिएको बताउँदै खेल नखेली आफ्नो देश फिर्किएको रोयर्टसले जनाएको छ ।

नाइजेरियाले आफूलाई खेल स्थलबाट २ सय ५० किलोमिटर टाढाको विमानस्थलमा १६ घण्टाभन्दा बढी समयसम्म बेवास्ता गरेर राखे पछि घर र्फकन बाध्य भएको उल्लेख गरेको छ ।

नाइजेरिया फुटबल महासंघले टोलीको चार्टर उडान बेनगाजीमा अवतरण गर्ने तालिका रहेपनि डाइभर्ट गरेर अब्राक अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएको र वैकल्पिक यातायातको व्यवस्था नगरेको आरोप लगाएको छ ।

लिबिया फुटबल महासंघले घटना जानाजानी नभएको बताउँदै यस विषयमा समजदारी अपनाउन नाइजेरियालाई आग्रह गरेको थियो । गत हप्ता लिबियाको टोली नाइजेरिया यात्रामा रहँदा उनीहरुलेपनि कठिनाइहरूको सामना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *