विराटनगर । मोरङको ग्रामथानमा जारी प्रथम रविदानन्द चौधरी स्मृति भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा विराटनगरको रंगशाला भेट्रान फुटबल क्लब पुगेको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा रंगशाला भेट्रानले टाइब्रेकरमा सुनसरीको जनता भेट्रान क्बललाई ४-२ गोल फरकमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेलको निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबारीमा खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

खेलको प्लेयर अफ द म्याच रंगशाला भेट्रानका गोलरक्षक सुरेन्द्र चौधरीले एक हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बिहीबार इटहरीको राइजिङ भेट्रान र इटहरीकै ढल्केजवान भेट्रानबीच प्रतिस्पर्धा हुने आयोजक नेता चोक टाईगर क्लबका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा ८ वटा टोलीले भाग लिए छन् । प्रतियोगिताको विजेतालाई नगद ३१ हजार, उपविजेताले नगद २१ हजार र ट्रफी प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *