कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेको खेलमा अर्जेन्टिनाले सहज जित हासिल गरेको छ ।
अर्जेन्टिनाले बुधबार बिहान भएको खेलमा बोलिभियामाथि ६-० को सहज जित हासिल गरेको हो ।
फिफा विश्वकप २०२६ छनोटअन्तर्गत अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिकसहि दुई असिस्ट गरे। ह्याट्रिक पूरा गरे ।
यस्तै, लौटारो मार्टिनेज, जुलियन अल्भारेज र थिअगो अल्माडाले समान एक गोल गरे ।
यो जितसँगै दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना शीर्ष स्थानमा छ । १० खेलमा सात जित निकालेको अर्जेन्टिनाले २२ अंक जोडेको छ । समान खेलबाट १९ अंक जोडेको कोलम्बिया दोस्रो स्थान तथा १२ अंक जोडेको बोलेभिया सातौं स्थानमा छ ।
