नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

एन्फा स्रोतका अनुसार नेपालले आगामी ‘फिफा विन्डो’ मा ताजकिस्तानमै गएर मैत्रीपूर्ण खेल खेल्नेछ ।

फिफाको आगामी विन्डो नोभेम्बर ११ देखि १९ सम्म छ । अल्बर्टो भिसेन्जो एनेससँगको सम्झौता सकिएसँगै नेपाली टोली मुख्य प्रशिक्षकविहिन छ ।

स्रोतका अनुसार यो मैत्रीपूर्ण खेलका लागि नवीन न्यौपानेले प्रशिक्षकको जिम्मेवारी पाउन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *