पथरी | निरज परियारको ह्याट्रिकको सहयोगमा पुल्चोक एफसी कीर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रबेश गरेको छ ।
मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा बुधबार भएको प्रि क्वाटरफाइनल खेलमा कानेपोखरीको शिवालय फुटवल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुल्चोक अन्तिम आठमा प्रवेश गरेको हो ।
पुल्चोकका लागी निरज परियारले ह्याटि्रक गरे । पहिलो हाफमा एक गोल मार्फत अग्रता बनाएको पुल्चोकले दोश्रो हाफमा थप दुई गोल गरेको हो । खेलको म्यान अफ दि म्याच ह्याटि्रक गोलकर्ता निरज परियार घोषित भए ।
बिहिबारको खेल उज्वल भबिस्य फुटवल क्लब र वाइ एफसी बिच हुनेछ । न्यु स्टार क्लबले आयोजना गरेको फुटवल प्रतियोगिताको फाइनल खेल कार्तिक ९ गते हुनेछ ।
