डिफेन्डिङ च्याम्पियन स्पेनले सर्बियालाई ३-० ले पराजित गर्दै यूईएफए नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
कोर्डोबास्थित नुएभो आर्कान्जेल स्टेडियममा भएको खेलमा ५४औं मिनेटमा स्पेनले पेनाल्टी पाएको थियो। तर, मोराटाको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । तर, उनले नै ६५औं मिनेटमा फाबियन रुइजको क्रसमा स्पेनका लागि दोस्रो गोल गरेका थिए ।
स्पेनका लागि इमेरिक लापोर्टले खेलको पाँच मिनेटमै गोलको खाता खोलेका थिए। ७७औं मिनेटमा एलेक्स बेनाले गोल गर्दै स्पेनलाई लगातार तेस्रो जित दिलाए । यो खेलमा स्पेनले आफ्नो युवा अट्याकर लामिन यमललाई विश्राम दिइएको थियो।
यहि समूहको अर्को खेलमा डेनमार्क र स्विटजरल्यान्डले २–२ को बराबरी खेलेका छन् ।
जितसँँगै स्पेन १० अंकका साथ लिग ‘ए’ समूह चारको शीर्ष स्थानमा छ । डेनमार्क सात अंक सहित दोस्रो स्थानमा छ । चार अंक जोडेको सर्बिया तेस्रो स्थानमा छ भने स्विट्जरल्यान्ड एक अंकसहित तालिकाको पुछारमा छ ।
