एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डर्सले पहिलो जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्र (राखेप) कभर्डहलमा बिहिबार ललितपुर क्विन्समाथि ३-२ सेटको रोमाञ्चक जित हासिल गरेको हो ।
पहिलो निकै प्रतिस्पर्धात्मक पहिलो सेट गण्डकीले २७-२९ ले गुमाएको थियो । त्यसपछिका दुई सेट २५-२३, २५-१२ ले आफ्नो पक्षमा पार्दा चौथो सेटमा २५-१३ ले ललिपुरलाई सुम्पिएको थियो ।
त्यसपछि गण्डकीले पाँचौं तथा निर्णयक सेटमा १५- ७ ले आफ्नो पक्षमा पार्दै पहिलो जित हासिल गर्यो ।
जितसँगै चार खेलमा चार अंक जोडेको गण्डकी यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको थियो । लगातार दोस्रो हार ब्यहोरेको ललितपुरले समान खेलबाट सात अंक जोडेको छ । ललितपुरको भने फाइनलमा पुग्ने आशा अझै जिवितै छ ।
बिहीबारै सम्पन्न खेलमा काठमाडौंले मधेशलाई ३-१ तथा कर्णालीले चितवनलाई ३-२ को सेटमा पराजित गरे ।
शुक्रबार लिग चरणको अन्तिम तीन खेल हुनेछ । कर्णाली यश्विचज प्रतियोगिताको फाइनलमा पुगिसकेको छ भने शुक्रबारको खेलको नतिजापछि काठमाडौं, ललितपुर र चितवनमध्ये एक टोली फाइनलमा पुग्नेछ ।
