जित्नै पर्ने दबाबमा ललितपुर र चितवन

२०८१, १८ आश्विन शुक्रबार १३:०३

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा शुक्रबार एक अर्काको सामना गर्दा ललिपुर क्विन्स र चितवन शक्ति जित्नै पर्ने दबाबमा हुनेछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा दिउँसो ३ः४५ मा सुरु हुने खेलमा हार ब्यहोर्ने टोलीको फाइल सम्भावना समाप्त हुनेछ ।

यसैगरी जित्ने टोलीले पनि राति ७:४५ मा हुने कर्णाली यश्विज र काठमाडौं स्पाइकर्सविरुद्धको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

लिगमा चार खेल खेल्दा दुवै टोलीले समान सात अंक जोडेका छन् ।

यसअघि काठमाडौं र मधेश युनाइटेडलाई समान ३-१ को सेटमा हराएको ललितपुर कर्णालीसँग ३-० तथा गण्डकीसँग ३-२ को सेटमा हार ब्यहोरेको थियो ।

यसअघि गण्डकी र मधेशलाई समान ३-१ को सेटमा हराएको चितवन काठमाडौं स्पाइकर्ससँग ३-१ तथा कर्णालीसँग ३-२ को सेटमा पराजित भएको थियो ।

यसैगरी ५:४५ मा सुरु हुने खेलमा गण्डकी र मधेश प्रतिस्पर्धा गर्दैछन् । फाइल सम्भावना समाप्त भइसकेको दुवै टोलीका लागि यो प्रतिष्ठाको लडाइँ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *