कर्णाली यश्विचजले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा लगातार चौथो जित दर्ता गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा कर्णालीले चितवन शक्तिलाई ३-२ को सेटले पराजित गर्दै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

पहिलो सेट २०-२५ ले गुमाएको कर्णालीले दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा चितवन २५-२१ ले अगाडि रह्यो । चौथो सेटमा २५-१५ ले विजयी हुँदै कर्णाली खेलमा फर्किएको थियो ।

पाँचौं तथा निर्णायक सेट १५-१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले विजयी यात्रालाई जारी राख्यो ।

जितसँगै चार खेलमा १० अंक जोडेको कर्णाली शीर्ष स्थानमा उक्लिएको छ । यसअघि कर्णालीले मधेश युनाइटेड, गण्डकी थन्डर्स र ललितपुर क्सिन्सलाई पराजित गरेको थियो ।

पराजित चितवन समान खेलबाट सात अंकका साथ तेस्रो स्थानमा छ । यसअघि गण्डकी र मधेशलाई समान हराएको चितवन काठमाडौं स्पाइकर्ससँग पराजित भएको थियो ।

बिहीबारै सम्पन्न खेलमा काठामाडौंले मधेशलाई ३-१ को सेटमा पराजित गरेको थियो । त्यो खेलको नतिजापछि मधेश युनाइटेड र गण्डकी थन्डर्स इडब्लुभिएलबाट बाहिरिएको छ।

बिहिबारको तेस्रो तथा अन्तिम खेलमा ललितपुर कुइन्सले गण्डकी थण्डर्सको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *