घरेलु टोली कोशी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो हार ब्यहोरोको छ ।

बुधबार सम्पन्न खेलमा कोशी प्रदेश गण्डकी प्रदेशसँँग १ सय १४ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो । गण्डकीका लागि क्याब्रिनले ७७ बलमा ५ चौका र २ छक्काकोसहयोगमा ५३, कप्तान अर्जुन कुमालले ७५ बलमा ४६, सोहेल कुँवरले ३३ तथा सुदिप अर्यालले २२ रन जोडे ।

कोशीका लागि रोशन शाहले ४ तथा विपिन महतोले ३ विकेट लिए ।

गण्डकीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको कोशीले ९४ रन मात्र बनाउँन सक्यो । कोशीका लागि ओपनर सोनु अन्सारीले ४० बलमा सर्वाधिक ३४, भुपाल दगांलले ३७ बलमा १९ तथा फैजल रहमानले ११ रन जोडे । कुनै विकेट नगुमाई ५६ रन जोडेको कोशीले ३८ रन जोड्दा बाँकी रहेको १० विकेट गुमाएको थियो ।

गण्डकीका लागि कप्तान अर्जुन कुमालले ४, अपराजित पौडेलले ३ तथा क्याब्रिन श्रेष्ठले २ विकेट लिए ।

लगातार तीन हार बेहोरेको कोशी अंक बिहिन रहेको छ । ३ खेलमा २ मा जित र १ मा हार सहित गण्डकी दोस्रो स्थानमा उक्लिएको छ । कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *