पथरी | किर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगीताको सोमबारको खेलमा भुटानी शरणार्थीको प्रतिनिधित्व गर्ने वाइ एफसी विजयी हुँदै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।
मोरङ्गको पथरीशनिश्चरे ७ किर्तिपुरमा भएको खेलमा केलाङ स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरको पराजित गर्दै वाइ एफसी बिजयी बनेको हो ।

वाइ एफसीको तर्फ वाट सुमन राई र इश मंगोलले १-१ गोल गरे । केलाङको तर्फ बाट कुशल तामाङले गोल गरे । सुमन राई खेलको म्यान अफ दि म्याच घोषित भए ।
मंगलबारको खेल येले स्पोर्टिङ क्लब र अमरदह फुटवल क्लबबीच हुनेछ ।
