नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमाल पेरिसमा जारी पारा ओलम्पिकको हिट चरणबाटै बाहिरिएका छन् ।

एस-९ विधाअन्तर्गत पुरुष ५० मिटर फ्रि-स्टायलमा सोमबार प्रतिस्पर्धा गरेका भीमले ३५.०८ सेकेन्डको समय निकाले । कुल ६ खेलाडी रहेको हिट-१ मा भीम अन्तिम स्थानमा रहे ।

विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त गर्दै पेरिस पारा ओलम्पिकका लागि छनोट भएका थिए । भीमले पहिलो पटक ओलम्पिकको अनुभव लिए ।

यससँगै पारा ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि तेक्वान्दोका पलेशा गोबर्धनले एतिहासिक कांस्य पदक प्राप्त गर्दा भरतसिंह महता पहिलो चरणबाटै बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *