नेपालका भिजन तामाङले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) मा शनिबार स्वर्ण पदक जितेका छन् ।
आईओएफटीसीको आयोजनामा दक्षिण कोरियामा भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि भिजनले स्वर्ण जितेका हुन् । क्युमिङ विश्वविद्यालयमा भएको स्पर्धामा भिजनले सेमिफाइनलमा अमेरिका र फाइनलमा फिलिपिन्सका खेलाडीलाई हराएर स्वर्ण जितेका हुन् । नेपालबाट भिजनमा प्रतिस्पर्धी थिए ।
प्रतियोगितामा नेपालसहित ८ राष्ट्रका ६ सय ५० खेलाडीको सहभागिता रहेको जनाइएको छ । प्रतियोगितामा नेपालका निर्णायक अशोक खड्का निर्णायक रहेका थिए । ग्योरोगी र पुम्सेमा गरी अशोकले तीन फाइनलसहित ९ खेल खेलाए ।
