धनकुटा । धनकुटामा जारी १८औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड क्लब, झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा गाईघाट युनाइटेड फुटबल क्लब उदयपुरलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोडले सेमिफाइनलको यात्रा तय गरेकको हो ।

बिर्तामोडको जितमा कप्तान आशिष चापागाईंले दुई तथा प्रदीप बुढाथोकीले एक गोल गरे । गाईघाटका लागि एक मात्र गोल सुनिल खड्काले गरे ।

खेलको ३४औं मिनेटमा प्रदीप बुढाथोकीले गोल गर्दै बिर्तामोडलाई अग्रता दिलाएका थिए । त्यसपछि कप्तान आशिष चापागाईंले ६२औं मिनेटमा टोलीकि अग्रता दोब्बर पारे ।

गाईघाटका सुनिल खड्काले ७४औं मिनेटमा गोल गर्दै खेल २-१ को अवस्थामा पुर्याए । त्यसको एक मिनेट बित्न नपाउँदै आशिष चापागाईंले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बिर्तामोडको जित सुनिश्चित गरे ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड युनाइटेडका कप्तान आशिष चापागाईं ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद ६ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत भोलिको खेल आयोजक धनकुटा फुटबल क्लब र भारतको कालिम्पोङस्थित जर्जियन फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *