नेपाली तेक्वान्दो खेलाडी भरतसिंह महता पेरिस पारा ओलम्पिकको पहिलो चरणमा बिहीबार जापानिज जापानका मित्सुया तानाकासँग पराजित भएका छन् ।

भरत के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिको खेल १९-३ ले गुमाए ।

यो खेलको विजेताले अन्तिम आठमा स्थान बनाउने छ । भरत वाइल्ड कार्डमार्फत पेरिस पारा ओलम्पिकका लागि छानिएका हुन् ।

यसैगरी के-४४ क्याटगोरीकै महिला ५७ केजीमुनिमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध शुक्रबार खेल्ने छिन् । यो स्पर्धामा ११ खेलाडी छन् । पहिलो चरणमै पराजित हुने खेलाडीलाई रिपाचेज खेल्ने अवसर मिल्ने छैन ।

पेरिस पारा ओलम्पिकमा पलेशा र भरतसहित पौडीका भीमबहादुर कुमालले पनि प्रतिस्पर्धा गर्दै छन् । उनले पुरुष ५० मिटर फ्रिस्टाइलमा सहभागिता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *