मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि विराटनगरको सम्राट स्पोर्टिङ क्लबले जितेको छ।

लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५-४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको हो। खेलको निर्धारित समयमा ३-३ गोल भएपछि नतिजा ट्राइब्रेकरले निर्धारण गरेको थियो।

निर्धारित समयमा सम्राटका नितेश लिम्बू, सन्दीप लिम्बू र छविलाल ठकुरीले गोल गरे। चार तारेका सागर तिवारीले ह्याट्रिक पूरा गरे। खेलमा अग्रता भने सम्राटले लिएको थियो। असार ३ गते निर्धारण गरिएको फाइनल वर्षाले अवरोध गरेसँगै सोमबार बेलबारी रंगशालामा गरिएको हो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चार तारेका सागर तिवारी घोषित भए। उत्कृष्ट गोलकिपर चार तारेकै भरत मगर, उत्कृष्ट डिफेन्स सम्राटका सन्दीप लिम्बू घोषित हुँदा मोतीरामका प्रसिद्ध राई, उत्कृष्ट मिडफिल्डरका रूपमा पुरस्कृत भए। सम्राटका छविलाल ठकुरी उत्कृष्ट फरवर्ड र सम्राटकै कोमल खवास उत्कृष्ट प्रशिक्षक घोषित भए। मोरङ जिल्लाका १० क्लबसम्मिलित लिगका खेलहरू विराटनगर र बेलबारीमा सम्पन्न भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *