दुई पटक पुरुष एकलतर्फ ओलम्पिक स्वर्ण पदक विजेता इङ्गल्याण्डका एन्डी मुरेले पेरिस ओलम्पिकपछि सन्यास लिने घोषणा गरेका छन् । मुर्रेले आज मंगलबार उक्त कुराको घोषणा गरेका हुन् ।
सो अवसरमा ३७ वर्षीय मुर्रेले आफु आफ्नो अन्तिम टेनिस खेल खेल्न पेरिस पुगेको समेत जानकारी गराएका छन् । बेलायतका स्टार टेनिस खेलाडी मुरेले सन २०१२ लण्डन ओलम्पिकमा पहिलो पटक स्वर्ण पदक जितेका थिए ।
उनले स्वर्ण पदकको भिडन्तमा स्वीट्जरल्याण्डका रोजर फेडररलाई तीन सेटमा पराजित गरेका थिए । त्यस्तै मुर्रेले सन् २०१६ को रियो ओलम्पिकमा लगातार दोश्रो पटक ओलम्पिकमा स्वर्ण पदक जित्न सफल भएका थिए ।
मुर्रेले स्वर्ण पदकको भिडन्तमा जुआन मार्टिन देल पोत्रोलाई पराजित गरेर स्वर्ण पदक जितेका थिए । सन् २०१९ मा हातमा लागेको चोटका कारण सक्रिय टेनिसवाट बाहिरिएका मुर्रेले ग्राण्ड स्ल्यामका साथै थुप्रै उपाधि जित्न सफल भएका छन् ।
