विज्ञान खड्काले दुई गोल गरेसँगै न्युरोड टिम (एनआरटी) ले एन्फा यु-१८ युथ लिगमा विजयी सुरुआत गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा एनआरटीले चर्च बोइज युनाइटेडलाई २-१ गोलअन्तरले पराजित गरेको हो।

खेलमा सुरुआती अग्रता भने चर्च बोइजले लिएको थियो। ३६औं मिनेटमा अमनबहादुर तामाङले गोल गरेका थिए।

तर, विज्ञानले ५५ र ८०औं मिनेटमा गोल गर्दै एनआरटीलाई पुनरागमन जित दिलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *