आयुष र सनिश चर्च बोइजमा अनुबन्ध

२०८१, २ श्रावण बुधबार २३:२३

आयुष घलान र सनिश श्रेष्ठले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेल्ने भएका छन्। विंगर घलान र डिफेन्डर श्रेष्ठले चर्च बोइज युनाइटेडबाट एएफसी च्यालेन्ज लिग खेल्ने भएका हुन् ।

उनीहरुसँग बुधबार सम्झौता गरिएको अध्यक्ष रुवेन राईले बताए। चर्च ब्वाइज क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका अञ्जन विष्ट, अनन्त तामाङ र एरिक विष्टसँग सम्झौता नवीकरण गरेको छ।

यस्तै, मोफसलका प्रतियोगितामा चर्च ब्वाइजको कप्तानीसम्हालेका दीप कार्कीसँग भने नयाँ सम्झौता गरेको छ। चर्च ब्वाइजले दशरथ रंगशालामा एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा भुटानको पारो एफसीको सामना गर्दैछ।

अगस्ट १३ मा हुने प्रतियोगितामा टोलीको कप्तानी अनन्तले गर्नेछन्। अन्नतको कप्तनीमा चर्चले गत सिजनको लिग जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *