सुनसरी ‘बी’ डिभिजन जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा युवा जागृती क्लब र रेड स्टार क्लब बिजयी भएका छन् ।

एन्फा एकेडमी धरानको खेलमैदानमा भएको पहिलो खेलमा धरानको युवा जागृती क्लबले धरानकै राईजिङ्ग स्पोर्टिङ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच युवा जागृती क्लबका राजकुमार राई घोषित भए । उनले नगद १ हजार सहित ट्रफी प्राप्त गरे ।

त्यसैगरी दोस्रो खेलमा खनारको रेड स्टार क्लबले धरानको युनाइटेड युथ क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । खेलको म्यान अफ दि म्याच रेड स्टार क्लबका जोसन राई घोषित भए । उनले नगद १ हजार सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो सेमिफाइनल खेल दिउँसो १ बजे मित्र मिलन क्लब धरान र रेड स्टार क्लब धरान तथा सोही दिन दोस्रो सेमिफाइनल खेल दिउँसो ३ बजे मितेरी क्लब इनरुवा र युवा जागृती क्लब धरानबीच हुनेछ ।

प्रतियोगिताको बिजेता र उपबिजेता ए डिभिजन लिगमा बढुवा हुनेछन् । साथै प्रतियोगिताको बिजेताले २० हजार नगद पुरस्कार पाउँदा उपबिजेता टिमले १० हजार रुपैंया पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *