विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप नगर स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा चार वटा विद्यालयले जित दर्ता गरेका छन् ।

प्याब्सन विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ग्यालेक्सी स्कुल, मदरल्याण्ड एकाडेमी, दर्पन स्कुल र मोर्डन एरा स्कुल विजयी हुँदै अन्तिम १६ मा प्रवेश गरेका छन् ।

विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले अर्पन स्कुललाई १-० गोलले पराजित गर्यो । जितको लागि ग्यालेक्सीका एमडी मासुमले निर्णायक गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।

त्यसैगरी दोस्रो खेलमा मदरल्याण्ड एकाडेमीले एजेलिया स्कुललाई २- १ गोल अन्तरले पराजित गर्यो । जितको लागि मदरल्याण्डका खेमराज हमालले व्यक्तिगत दुई गोल गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । एजेलियाका लागि सुनिम बुढाथोकीले सान्त्वना गोल फर्काए ।

तेस्रो खेलमा दर्पन स्कुलले विराट शिक्षा स्कुललाई २-१ गोलले पराजित गर्यो । जितका लागि दर्पनका सुवास राजवंशी र आशन थापा मगरले गोल गरे । विराट शिक्षाको तर्फबाट सान्तवना गोल रन्जित दनुवारले फर्काए । खेलको प्लेयर अफ द म्याच दर्पनका सुवास राजबंशी चुनिए ।

चौथो खेलमा मोर्डन एरा स्कुलले टाईब्रेकरमा बिकेभिएम स्कुललाई २–१ गोलले स्तब्ध बनायो । टाईब्रेकरमा मोर्डन एराका अमन माझी र सुशान्त रोइलाले गोल गरे भने बिकेभिएमको तर्फबाट जेनिस लामिछानेले एक मात्र गोल गरे । निर्धारित समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको टाइब्रेकरबाट भएको हो । खेलको प्लेयर अफ द म्याच मोर्डन एराका गोलरक्षक रोनकराज धामी चुनिए ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । कार्यक्रममा बोल्दै उने खेल क्षेत्रको विकासमा स्कुल तहबाट गरिएको प्रतियोगिताले ठूलो सहयोग पुग्ने बताए ।

मंगलबार तीन खेल हुनेछ । पहिलो खेल बिहान ८ बजे गौतम बुद्ध मेमोरियल स्कुल र सप्तकोशी स्कुल, दोस्रो खेल बिहान ९ बजे विनायक बोर्डिङ स्कुल र गोदावरी स्कुल बीच हुनेछ भने तेस्रो खेल दिउँसो ३ बजे सेन्ट जोसेफ र देवकोटा स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *