कोपा अमेरिका फुटबलमा क्यानडाले पहिलो जित हात पारेको छ ।
आज बिहान सम्पन्न खेलमा क्यानडाले पेरुलाई १-० गोलले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

जितसँँगै क्यानडाले तीन अंक जोडेको छ । समूह ‘ए’ मा रहेको क्यानडा पहिलो खेलमा अर्जेन्टिनासँँग १-० ले पराजित भएको थियो भने पेरुले पहिलो खेल चिलीसँँग गोलरहित बराबरी खेलेको थियो ।
समुहमा ‘ए’ रहेका अर्जेन्टिना र चिलीको खेल हाल जारी छ ।
