युरोपेली च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘सी’ अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएको छ।

गए राती भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्ड र स्लोभेनियाको खेल गोलरहित बराबरीमा सकिँदा डेनमार्क र सर्बियाको खेलमा पनि गोल हुन सकेन। यससँगै इंग्ल्यान्ड ५ अंकका साथ समूह विजेताको रुपमा अन्तिम १६ पुगेको छ।

डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन्। दुवै टोलीको समान ३-३ अंक र गोल भएपनि कम पहेंलो कार्डका आधारमा डेनमार्क समूह उपविजेता बन्यो। स्लोभेनिया पनि अन्तिम १६ मा पुग्दा २ अंक जोडेको सर्बिया भने बाहिरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *